काठमाडौं – नेपाल आयल निगमले आज सोमबारबाट लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटेको छ। निगमका अनुसार पेट्रोलमा ११ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको हो। नयाँ मूल्य अनुसार पेट्रोल १७२ र डिजेल तथा मट्टितेल १६८ रुपैयाँ कायम भएको छ। एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ।
१५ अक्टोबर २०२३ (२०८० अश्विन २८ गते ) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य प्रति लिटर रु. ११.१८ र डिजेलमा रु. ५.०३ ले घटेर आएको हो । मिति २०८०÷०६÷२८ को निर्णय अनुसार चाडपर्वको समयमा आम उपभोक्ताको हितलाई मध्य नजर गर्दै पेट्रोल र डिजेलको मूल्य घटाएको निगमले बताएको छ ।



0 comment