काठमाडौं - शनिबार मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।
काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराएका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लगिएको हो ।
अस्पतालले शनिबार बेलुका जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उहाँको मुखको भाग, हात खुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको छ । साथै फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ। उहाँको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ।'
ह्याम्स अस्पतालको विशेषज्ञ टोलीले मुम्बई एअरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरी नेपाल फर्किएका छन्। शनिबार लुक्लाबाट पर्यटक लिन लबुचे उडेको मनाङ एयरको नाइन एनएनजे कलसाइन भएको हेलिकोप्टर लबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो। हेलिकोप्टरमा पाइलट सेढाई मात्रै सवार रहेका थिए। हेलिकोप्टर जलेर पूर्णरुपमा क्षति भएको छ।


0 comment