काठमाडौं - जाजरकोटका स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीमाथि आक्रमण गरेका छन्। 

शुक्रबार जाजरकोटको भेरी नगरपालिका वडा नं. ५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको अख्तियारको पाँच जनाको टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन्। आक्रमणबाट आयोगका चालक वीरेन्द्रनगर नगरपालिका–११ का मानबहादुर ठाडा मगर घाइते भएका छन् । उनको स्वास्थ सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न स्थानीय वीरेन्द्र चन्द, किरण शाही र चक्रबहादुर मल्ललाई पक्राउ गरेको छ ।