“औपचारिक रूपमा बिहे नै नगरी पुरुषसँग जोडी बनेर बस्ने महिलाहरू पछिल्लो समय घरभित्र हुने हिंसाबाट पीडित भएका भेटिएको कानुन व्यवसायीहरूले बताएका छन् ।”
काठमाडौं – अविवाहित भए पनि सँगै बस्दै आएका थुप्रै महिलाहरूले पुरुषसाथीबाट आफूमाथि हिंसा भएको भन्दै महिला आयोगमा उजुरी दिएको अधिवक्ता विमला खड्काले बताउनु हुन्छ । खड्काका अनुसार औपचारिक सम्बन्ध खुलाउने प्रमाण नहुने हुँदा उनीहरूको मुद्दा लड्न गाह्रो हुन्छ । “धेरै महिलाहरू हिंसाको पीडा सहन नसकेर आत्महत्या नै गर्ने अवस्थामा पनि पुगेको भेटिएको छ । तर यसमा हामीलाई प्रमाण जुटाउनै कठिन हुने गरेको छ, अनि यस सम्बन्धी कानुन पनि हामीकहाँ छैनन् । ”कानुनले अनौपचारिक सम्बन्धलाई मान्यता नदिएको हुनाले त्यस किसिमका घटनामा पीडितहरूलाई कानुनी उपचार खोज्न सहज नभएको देखिएको छ ।
हाम्रो देश नेपाल विकासको गतिमा जति नै अघि बढे पनि नेपाल पितृसत्तात्मक समाजबाट ग्रसित पाइन्छ । विश्वको कुल जनसंख्याको आधा जनसंख्या महिलाको छ । कुनै पनि समाज वा राष्ट्रको विकासमा त्यस देशका जनताको भूमिका महत्वपूर्ण हुन्छ । कुशल र योग्य जनताको पूर्ण सहभागीता बिना देशको विकास असम्भव हुन्छ । कुनै पनि समाज राष्ट्रको विकासका क्रियाकलापमा महिला र पुरुषको समान सहभागी हुने कुराहरुमा जोड दिइएको छ । तर पनि महिलालाई विकासको क्रियाकलापमा सैद्धान्तिक रुपमा मात्रै सहभागी गराईए पनि व्यवहारीक रुपमा विकासका प्रक्रियामा उचित र शिघ्र रुपमा अगाडि बढन सकेको छैन ।
तसर्थ घर परिवार देखि लिएर सामाजि, आर्थिक, साँस्कृति, तथा राजनैतिक जस्ता हरेक क्षेत्रमा महिलाहरुको समान सहभागी गराई उचित मूल्यङ्कन गराएको खण्डमा नै सहि रुप मा समाज र देशको विकास हुने कुरालाई नर्कान सकिदैन । यहाँ महिलाको भन्दा पुरुषको हैसियत सामाजिकसांस्कृतिक, आर्थिक, राजनैतिक, धार्मिक, वैचारिक क्षेत्रमा उच्च रहेको पाइन्छ । यहाँ महिलाहरुको स्थान दोस्रो दर्जाको रुपमा रहेको पाइन्छ । नेपालको आधा आकाश र आधा धर्ती ओगटेका महिलाहरु विरूद्ध विभिन्न किसिमका हिंसाहरू भएको पाइन्छ ।
यी हिंसाहरूले महिलाको अवस्था निकै जर्जर, दुःखप्रद एवम्पीडादायी अवस्थामा गुज्रिरहेको पाइन्छ । नेपालको जुनसुकै ठाउँलाई नियाल्दा पनि अधिकांश हिंसा पुरूषबाट महिलामाथि हुने गरेको पाइन्छ । महिला विरूद्ध हुने हिंसाहरूका विभिन्न स्वरूपहरू भएपनि महिलाहरू घरयासी एवम् बाह्य हिंसाबाट पीडित छन् । सामान्यतया कुट्नु, पिट्नु मात्रै महिला हिंसा होइनन्, अरूको इज्जतमाथि धक्का पु¥याउनु, अभद्र र निन्दनीय व्यवहार गर्नु पनि हिंसा हुन् । तथापि महिला विरूद्ध हुने हिंसा जुनसुकै प्रकारका भए पनि सामान्यतया पुरूषबाट महिलामाथि र द्द महिलाबाट महिलामाथि नै रहेको हुन्छन् ।
कतिपय ठाउँमा यस्ता हिंसाहरू निर्दयिताको रूपमा देखिन्छन् भने कतिपय ठाउँमा शोषण, दमन र नियन्त्रणका नयाँ र जटिल अभ्यासभित्र लुकेर अदृश्य रूपमा रहेको हुन्छन् र त्यस्ता हिंसाहरू अचानक कुनै समयमा देखा पर्न आउँछन् । विभिन्न पत्रपत्रिका, रेडियो, एफ.एम. टेलिभिजनबाट हामीले देख्ने गरेका छौँ कि अधिकांश हिंसाको कारक तत्व भनेको पितृसत्तात्मक समाज नै हो । महिला विरूद्ध हुने हिंसाका बारेमा चर्चा गर्नु पर्दा यसको इतिहास लामो छ । मानव विकासको उत्पति देखि नै महिला विरूद्ध हिंसा भइरहेको पाइन्छ तर प्रारम्भिक युगमा भने हालै जस्तो अमानवीय, निन्दनीय, क्रूर र घटिया व्यवहारहरू पुरूषबाट भएको पाइँदैन ।
जब प्रारम्भिक युगबाट मानिसहरु दास युगमा प्रवेश गरे तब महिला विरूद्ध हिंसाको सुरूवात भएको हो । दास युगमा महिलाहरूलाई दासको रूपमा व्यवहार गर्न सुरूवात भयो र निजी सम्पत्तिको उदयसँगै महिलाहरूलाई पुरूषको खेलौना र भोग विलासको साधनको रूपमा पनि प्रयोग गरियो । महिला हिंसाको कुरा गर्दा संसारभर नै निरीह, सोझा, एक्ला र कमजोर महिलाहरू नै हिंसाको सिकार भएका पाइन्छन् । मानसिक तथा शारीरिक रुपले ठगिएका महिला तथा बालबालिका यसको पीडाबाट छटपटाइ रहेका छन् । विभिन्न अध्ययन एवम् अनुसन्धानहरुका आधारमा महिलाहरु सबैभन्दा बढी घर, परिवार, सहपाठी तथा आफ्ना नातागोता र इष्टमित्रबाटै ठगिएका छन्, बेचिएका छन ्र कुनै न कुनै रुपमा हिंसा खेपिरहेका छन् ।
आज पनि महिलालाई एक्लै घरबाट निस्किन गाह्रो छ । किनकि आफ्ना नजिकका नातेदारहरु श्रीमान्, बाबु, दाजु, जेठाजु, देवर, ससुरा लगायतसँग विश्वास गरिहाल्ने अवस्था छैन किनकि सबैभन्दा बढी हिंसा उनीहरुबाटै भइरहेको पाइन्छ । चाहे बर्दियाकी शिवा हासमी हुन् वा बाराकी विन्दु ठाकुर हुन् वा आछामकी सुन्तली धामी नै किन नहुन् । यिनीहरु कोही जलाइएका छन्त कोही मारिएका छन् भने कोही सहकर्मी पुरुष साथीबाटै लुटिएका छन् । यिनीहरु किन स्वतन्त्र रुपले बाँच्न पाएनन् त भन्दा सजिलो उत्तर छ यिनीहरु महिला हुन् र यिनहरुले घरका पुरुषहरुले भनेको मानेनन । आज विज्ञान र प्रविधिको विकास सँगसँगै इमेल, इन्टरनेट र मोबाइल फोनबाट पनि महिला हिंसालाई प्रश्रय दिने काम नै भइ रहेको छ । पहिला पहिला सोरठी, रोधीघर नाच्थे, दोहोरी खेल्थे र एकले अर्कालाई जिस्क्याउँथे भने हिजो आजका युवायुवतीहरु पार्क, क्लब, बार, रेस्टुरा, साइबर क्याफे र सिनेमा हल जाने गर्छन् र त्यहाँ एकअर्काप्रति छेडखान गर्दै जिस्किने गर्छन् ।
सुरुसुरुमा के के न होला भन्ने र पछि आफ्नो स्वार्थ पुरा भएपछि विश्वासघात गर्ने अनि विस्तारै त्यसलाई हिंसाको रुप दिने क्रम आजभोलि बढ्दै गएको पाइन्छ । महिला हिंसाका विभिन्न रुप भए तापनि महिला विरुद्ध हुने घरेलु हिंसा नेपाली समाजमा बढी रहेको छ । महिला विरुद्ध हुने घरेलु हिंसा मुख्य गरी तीन प्रकारका छन् । ती हुन्शारीरिक, मानसिक र यौनजन्य हिंसा । यिनै हिंसाबाट अरु हिंसा पनि जन्मेका छन् । जस्तैः गर्भवती अवस्थामा हुने हिंसा, दाम्पत्य हिंसा आदि । घरेलु हिंसा भनेका घरपरिवारभित्र वा घरदेखि बाहिर पनि समाजभित्रकै आफूले चिनेजानेको व्यक्तिबाट वा अपरिचितबाट हुने शारीरिक, मानसिक, यौनजन्य दुव्र्यवहार, बलात्कार, वैवाहिक बलात्कार, सामूहिक बलात्कार, अनिच्छित गर्भ, अनिच्छित गर्भपतन, बहुविवाह, बालविवाह, चरित्र हत्या, कुटपिट, हत्या आदि हुन् ।
घरेलु हिंसा भनेको आफ्नै घरपरिवारभित्र एक पुरूषले महिलामाथि, महिलाले महिलामाथि गर्ने दुव्र्यवहार हो, जुन शारीरिक, मानसिक र यौनजन्य हुन सक्छन् वा सबै किसिमका पनि हुन सक्छन् । श्रीमान्ले श्रीमतीलाई पिट्नु, सासूले बुहारीलाई शोषण गरी दुव्र्यवहार गर्नु, बुहारीले सासूलाई शोषण गर्नु, दुव्र्यवहार गर्नु, खान लाउन नदिनु, घोचपेच गर्नु, धम्की वा डर देखाउनु, गाली गलौज गर्नु, छोराले आमालाई घरबाट निकाल्ने, आदर नगर्ने, सदभाव नराख्ने, सल्लाह नगर्ने, निर्णयमा सहभागी नगराउने भेदभाव गर्ने आदि कार्य घरेलु हिंसामा पर्दछन् । यसरी वर्तमान समाज २१ औँ शताब्दीतिर ढल्किँदा पनि महिला महिला भएकै कारणले हिंसा पीडित बनेर बस्नुपरेको अवस्था विद्यमान छ जुन कुनै एक सीमित क्षेत्र वा परिवेश मात्रको सवाल नभई पूरा विश्वको सवाल भएको छ ।
यसरी समाज यति परिवर्तनशील छ कि जुन कुरा हिजो थियो आज त्यो छैन र आज जुन कुरा छ त्यो भोलि हुने छैन । प्राविधिक विकासले मानव सभ्यतालाई जटिल बनाउँदै लगेको छ । तर विडम्बनाको कुरा यो छ कि हाम्रो राष्ट्र वा समाजले छोरीलाई वा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । हुन त महिला विरूद्धको हिंसाका न्यायिक पक्षमा पहल भने नभएको होइन विश्वव्यापी रूपमा व्याप्त महिला उपरका हिंसा उन्मूलनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ मा नै महिला विरूद्धका हिंसा उन्मूलन गर्ने घोषणा गरेको थियो । चिनको राजधानी बेइजिङको विश्व महिला सम्मेलन सन्१९९५ मा महिलासँग सरोकार राख्ने १२ बुँदे विषयहरूमध्ये “महिला र हिंसा” तथा “महिला र गरिबी” महत्त्वपूर्ण विषयका रूपमा रहेका थिए । नेपालको संविधान, २०७२ को भाग ३ मा रहेका मौलिक हक अन्तर्गत धारा ३८ को उपधारा १ देखि ६ सम्म महिला अधिकारका बारेमा ब्यख्या गरेको छ जसमा उपधारा ३ मा महिला बिरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै अपराधमा शारिरीक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भन्ने व्यवस्था रहेको छ भने यसै धाराको उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तकोआधारमा सहभागी हुने हक हुनेछ भन्ने व्यवस्था रहेको छ ।
महिला सशक्तीकरणका बुलन्द आवाजहरू सदनदेखि सडकसम्म नघन्किएका भने होइनन्तर ती आवाजहरू आवाजमै मात्र र कुनै कार्यालयको दराजभित्र सीमित राखिएका छन् । यसैले यस्तो हिंसा विरूद्ध गहिरिएर सोच्नु पर्ने अवस्था आएको छ । संसारमा विद्यमान विभिन्न सामाजिक एवम् धार्मिक परम्पराअनुसार छोरालाई छोरीको भन्दा बढी महत्त्व दिने परिपाटी कायमै छ । हालैको २१ औँ शताव्दीमा पनि समाजमा लैङ्गिक असमानता व्याप्त छ । वंश परम्परा कायम राख्न एवम् धार्मिक मान्यताहरू संचालन गर्नका लागि समेत परिवारमा छोराको जन्म अनिवार्य मानिन्छ । नेपाली समाजमा व्याप्त अशिक्षा, रूढिवादी एवम्परम्परागत सामाजिक मूल्य मान्यताहरू जस्तैः विभिन्न प्रथाहरू, देउकी, झुमा, छाउपडी प्रथा विधवा तथा बाँझी महिलाप्रतिको दुव्र्यवहार, पैतृक सम्पत्ति माथिको असमान अधिकार, महिलालाई उपभोग्य वस्तुको श्रेणीमा राख्नु, महिलाले गर्ने घरायसी कामको सही गणना नहुनुजस्ता कुराहरू महिलाका विरूद्धमा हुँदै आएका छन्। समाजको पितृसत्तात्मक संरचना घरेलु हिंसाको एउटा प्रमुख कारणका रूपमा रहेको देखिन्छ ।
आर्थिक समस्याका साथै मादक पदार्थ सेवन घरबाहिर तथा भित्र दुवै स्थानमा हिंसा उत्पन्न गर्ने प्रमुख कारण बनेको छ । कानुनको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकोले छ महिलाहरू विभिन्न किसिमका हिंसा सहेर बस्न बाध्य भएका छन् । महिला हिंसा ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी छ । मनोवैज्ञानिक हिंसा (मानसिक) काठमाडौँ उपत्यकाको सहरी क्षेत्रमा व्यापक रहेको, शारीरिक हिंसा पहाडी क्षेत्रहरूमा तथा सांस्कृतिक प्रकारका हिंसाहरू मध्य पश्चिमी तराई क्षेत्रमा व्याप्त रहेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । तराई र आसपासका केही जिल्लामा दाइजोसँग सम्बन्धित घटनाहरू नै महिला हिंसाका प्रमुख कारण बनेको छ । हालै ग्रामीण क्षेत्रमा बोक्सीको आरोपमा लागेका घटनाहरू चिन्ताजनक रूपले वृद्धि भएको देखिन्छ बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने, दिसा खुवाउने र अन्य विभिन्न किसिमका चरम यातना दिएका उदाहरणहरू पटक पटक प्रकाशमा आएका छन् । यसरी हेर्दा महिला हिंसाको अवस्था नेपाली समाजमा झन् डरलाग्दो रुपमा फैलिदै गइरहेको देखिन्छ ।
यस्ता घटनाहरु केबल प्रतिनिधि उदाहारण मात्र हुन् । यस्ता घटना हाम्रो समाजमा हाजारौं घटी रहेका हुन्छन् । महिला अधिकार कर्मीका अनुसार जम्मा १० पतिशत यस्ता घटनाहरु बाहिर आउने गर्छन् । बाँकी ९० प्रतिशत घटना घर परिवारको दबाब, ईज्जत र प्रतिष्ठमा आँच आउँछ भनेर डर तथा चेतनाको अभाव आदिको कारणले बाहिर आउँदैनन् ।
महिला हिंसा रोक्न केही दीर्घकालीन उपायमा निम्न उपाय अनिवार्य छन् :
सर्व प्रथम पहिला महिला आफैमा सचेत हुन जरुरी छ : महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको अभव नै हो । महिलालाई उनीहरुको अधिकार के हो ? कहाँ र कसरी प्राप्त गर्न सकिन्छ, भन्ने कुरा सिकाउनु पर्दछ । जसका लागि राज्य र अन्य सरोकारवाल सबैले परिणाममुखी योजना र कार्यक्रम ल्याउँन जरुरी छ । जुन योजना र कार्यक्रम, सदर मुकाममा मात्रै बजेट सिध्यान नभई समाजका हरेक महिलाहरुलाई महसुस हुने गरी हरेक गाउँ अनि घरमा पुग्न अवाश्यक छ । जसबाट महिललाई हिंसाविरुद्ध वैचारिक तथा भौतिक प्रतिकार गर्न सक्ने बनाउनु पर्दछ ।
दोस्रो राज्यको प्रत्यक्ष अनुभती : महिला हिंसाविरुद्ध लड्न महिलालाई राज्यको प्रत्यक्ष उपस्थितिको अनुभति र पहँुच हुनु पर्दछ । जवकी महिलाको अवाज सुन्ने कोहीपनी छैन भन्ने भ्रम नपरोस् । यस्तै राज्यको उपस्थिति भए पनि पूर्वाग्रह न्याय दिन सक्नु पर्दछ । होईन भने महिला राज्यबाट नै हिंसा महसुस गर्नेछन् र हिंसाको सिकार भईरहन बाध्य हुनेछन् ।
तेस्रो महिला हिंसाविरुद्धको कारवाही : महिला हिंसा गर्नेलाई हुने गरेको फितलो कारबाहीको कारण महिला हिंसाले प्रश्रय पाईरहेको छ । त्यसैले महिला हिंसा गर्ने जो कोहीलाई पनि यस्तो कारवाही हुनु पर्दछ, जुन कारबाहीको कारण अरु कसैले हिंसा गर्ने कुरा सोच्न पनि नसकोस् । जसको लागि राज्यले कानुनी प्रवाधानलाई दोष दिनु हुँदैन । हाम्रो कानुनमा कानुनी प्रकिृया र व्यवस्थामा जटिलता र सीमितता रहेका छन् । यसैले सरकारले महिला कनुन बनाई प्रभावकारी कार्यन्वयन गर्नु पर्ने अनिवार्य छ ।
चौथो महिला साझा संगठन : हरेक समुदायमा महिलाको अधिकार बहाली तथा सुरक्षाको निम्ति सक्रिय रुपमा काम गर्न सक्ने गरी महिलाको समस्या साझा समस्या भन्ने नारका साथ अनिवार्य सांगठनिक संरचना निर्माण गर्नु आवश्यक छ । उक्त संगठनहरुले महिला सरोकारका विषयलाई सञ्चार माध्यमसम्म पु¥याउन मूमिक खेल्न जरुरी छ ।
पाचौं महिलासँग मिडिया कार्यक्रम : महिला हिंसाको विरुद्धमा सञ्चार माध्यमले सत्य, तथ्य समाचार दिईरहेका छन् जुन राम्रो कुरा हो । सञ्चारमाध्यम, विकसित, सभ्य सुरक्षित चेतनशिल समाज निर्माण गर्ने स्तम्भ हो । यसैले अझै प्रभावकारी तरिकाले महिला सवाललाई समाज र राज्यका हरेक तहमा समन्ययात्मक मूमिका खेल्नु पर्दछ ।
छैंटौं पुरुषको भुमिक : महिला पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन । जसरी सवारी साधन गन्तव्यमा पुग्नकालागि एउटा पाङ्ग्राले आर्काे पाङ्ग्रालाई सहयोगीको मुमिका खेल्छ त्यसरीनै महिला हिंसा निर्मूलकरणमा पूरुषको मुमिकामा सहयोगी हुनु आवश्यक छ । जुन अहलिेको समाज देखिन मौखिक सहानुभुति नभई व्यवाहारिक रुपमा रचनात्मक सहयोग गर्नु पर्दछ ।
सातौं महिलाको लागि महिला : महिलाको समस्यामा महिला रमिते बनेर हैन की भोली मलाई पनि पर्छ भन्ने सोची महिला हिंसा रोक्न सहयोग गर्नु पर्दछ । तर महिलाको साझा समस्या महिला नै रमिते बनिदिने र कुरा काटेर समाजमा साँघुरो सोचाई प्रदर्शन गरिदिंदा महिला हिंसाले प्रश्रय पाईरहेको छ ।
आठौं महिला हिंसा सहभागिता तथा आत्म निर्णयको अधिकार : राज्य प्रशासन तथा समाजका अन्य तहमा महिलाको प्रतिनिधित्व वा प्रभाव प्रायः शुन्य जस्तै । जस्ले गर्दा महिलाहरु समाजमा कमजोर बन्दै गईरहेका छन् र हिंसाजन्य अपराध भोग्नु परिरहेको छ । हाम्रो समाजमा महिला वास्तवमै आफैबाट सञ्चालित छैनन् । मानसिक तथा शारीरिक रुपमा महिला स्वतन्त्र हुन जरुरी छ । त्यसको लागि राज्यले दिर्घकालिन नीति तथा योजना बनाई नतिजामुखी कार्यन्वयन आवश्यक छ ।


0 comment