काठमाडौं - सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफ ६१ किलो सुन प्रकरणमा पक्राउ परेका छन् । 

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा सर्राफको समेत संलग्नता देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले सर्राफलाई कलैयाबाट पक्राउ गरेको हो । सर्राफलाई पक्राउ गरी काठमाडौं लगिएको छ ।

सर्राफ सुनचाँदी व्यवसायी महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत हुन् । 

उनी पक्राउ परेसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । यस प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा समेत पक्राउ परिसकेका छन् ।

हङकङबाट ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए पनि राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।