काठमाडौँ – अस्ट्रेलिया पठाइदिने नाममा ९ लाख रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एकजना महिलालाई प्रहरीले राजधानीको सामाखुसीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी घर भई हाल सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठ रहेकी छन् ।
रत्न केशरी श्रेष्ठले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया जान लागि २० लाख रुपैया लाग्ने बताएकी थिइन् । अस्ट्रेलियाको होटेलमा काम गर्दा मासिक ३ लाख भन्दा धेरै तलब पाउने भनेर प्रलोभनमा पारेका थिए ।
पीडितबाट पटक पटक गरी नौ लाख रुपैयाँ ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रबक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी जानकारी दिनु भयो।
रकम लिएपछि श्रेष्ठ सम्पर्क बिहिन भए पछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेकी थिइन् । विभागको रत्न केशरी लाई पक्राउ गरि पठाउन काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयलाइ पत्राचार गरे पछि कार्यालयको टोलीले शुक्रवार आरोपीलाई सामाखुसीबाट पक्राउ गरेको थियो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ ।


0 comment