काठमाडौं - बर्दियाको राजापुर नगरपालिकाको कार्यालयमा राजनीतिक दलहरूले तालाबन्दी गरेका छन्।
नगरपालिकाले लगाएको विभिन्न करको विरोध गर्दै मूल गेटमा तालाबन्दी गरेका दलहरूले बजार समेत बन्द गराएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा नेपाल, क्रान्तिकारी नेपाल कम्युनिष्ट पार्टीलगायत आन्दोलनमा उत्रिएका हुन्। विभिन्न चरणका शान्तिपूर्ण विरोधका कार्यक्रम गरे पनि नगरपालिकाले सुनुवाइ नगरेपछि थप आन्दोलन घोषणा गर्नुपरेको दलहरूको भनाई छ। वडा कार्यालयहरू, पालिका घेराउ गर्दै शान्तिपूर्ण आन्दोलन गरे पनि नगरपालिकाले बेवास्ता गरेको उनीहरुको आरोप छ।
तालाबन्दीपछी नगरपालिकाले आन्दोलनरत सबै दलहरूलाई पत्राचार गर्दै आव २०८०/८१ को सम्पत्ति तथा भूमि करका विषयमा छलफल गर्न बोलाएको छ।


0 comment