काठमाडौं – बझाङको जयपृथ्वी नगरपालिका ७ सुवेडाको पानी काफल सामुदायिक वनमा चितुवाको आक्रमणबाट ८ बाख्रा मरेका छन् भने एक बाख्रालाई घाईते बनाएको छ ।
चितुवाको आक्रमणबाट स्थानिय लोक वहादुर वम्मका ६ वाख्रा र जय प्रकाश बम्मका २ वाख्रा खाएको छ भने एक बाख्रा घाईते अवस्थामा भेटिएको सोही ठाउँका स्थानिय पारस बम्मले जानकारी दिएका छन । चितुवाको आक्रमणवाट झण्डै २ लाख वरावरको क्षति भएको जनाईएको छ ।
हिजो दिउसो जककगलमा चराउन लगेका बाख्रा राती घर न आए पछि हिजो राती देखि नै खोजी कार्यमा जुटेको एक स्थानियले बताए । आज विहान ८ बजे मात्र चितुवाले बाख्राहरु खाएको अवस्थामा फेला पारेको थिए । चितुवाको आक्रमणबाट मरेका बाख्रालाई आजै स्थानिय जनप्रतिनिधि, प्रहरी तथा डिभिजन वन कार्यालयको रोहवरमा मुचुल्का वनाएर गाडिएको छ ।
साथै डिभिजन वन कार्यालयले मानव बन्यजन्तु द्वन्दवाट क्षति भएका पशु चौपायाको वन ऐन अनुसार मुल्याङकन गरेर सरकारले पिडीतहरुलाई क्षतिपूर्ती दिने जनाएको छ ।


0 comment