काठमाडौं – नक्कली नेपाली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

यसरी पक्राउ पर्नेमा, गोरखा जिल्लाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–८ भीमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले एक लाख (एक हजार दरका एक सय थान) नक्कली नेपाली नोटसहित उनलाई पक्राउ गरिएको रेग्मीले बताएका छन् । 

थापालाई प्रहरीले नियन्त्रणमा लिई यसबारे थप अनुशन्धान भई रहेको जनाएको छ ।