काठमाडौं –  बालिका बलात्कार गरेको कसुरमा एक युवकलाई उदयपुर जिल्ला अदालतले १८ वर्ष कैद र ६ लाख जरिवानाको फैसला गरेको छ । 

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई उदयपुर जिल्ला अदालतले १८ वर्ष कैद र ६ लाख २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो । 

२०७८ फागुन १३ मा एक बालिकालाई मगरले जबर्जस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो । प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ मा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

आरोपित युवक बेलका नगरपालिका ५ का सुशान्त मगर रहेको प्रहरीले जानकारी दिएको छ । न्यायाधीश नवराज दुलालको इजालासले मंगलबार सजाय र जरिवानाको उक्त फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले जानकारी दिएका छन् ।