काठमाडौं – कैलालीबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा गोदावरी नगरपालिका–३ का १८ वर्षीय कृष्ण रावल, गोदावरी –१ भरतपुरका २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ का २७ वर्षीय अर्जुन चौधरी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

रावललाई ६० मिलिग्राम लागुऔषधसहित र अर्जुन चौधरीलाई नरेश चौधरीको घरबाट दुई सय मिलिग्राम लागुऔषधसहित बुधबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले तीनै जनालई नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।