काठमाडौं – नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य अभ्यास भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा हुने भएको छ । 

तालिममा सहभागी हुन अमेरिकी वायु सेनाको विशेष जहाजबाट अमेरिकी सेनाको टोली भदौ २१ गते काठमाडौं आइपुग्नेछ । सैन्य अभ्यासमा नेपालीका सेनाका तर्फबाट ३० जना र अमेरिकी सेनाको तर्फबाट १२ जना सहभागी हुनेछन् । 

उक्त संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुनेछ । 

नेपाली सेनाले बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश र इजरायललगायत सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । 

चिनियाँ जनमुक्ति सेनासँगको सैन्य अभ्यास भने अहिले हुन सकेको छैन। कोरोना भाइरसका कारण रोकिएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको तयारी भइरहे पनि दुवै पक्षले मिति तय गरेका छैनन् ।