काठमाडौं – काठमाडौंबाट पोखरा जादै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६ जना पुरुष रहेका छन् भने २ जना महिला रहेका छन् । बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ४ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार पर्वतको मोदी–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, म्याग्दीको रघुगंगा–३ का ५० वर्षीय थानबहादुर भन्डारी, धादिङको गजुरी ८ का २४/२५ वर्षीय सविन रम्तेल र कास्कीको फुलबारी–११ का २४/२५ वर्षीय सुमन थापा रहेका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहरा भन्ने ठाउँमा सडकबाट करिब ४० मिटर तल नदीमा बस खसेको हो । 

बस अनियन्त्रित भएर सडकबाट खसेको थियो भने बसका चालक तथा सहचालकको परिचय भने खुलेको छैन । बसको आधा भाग पानीमा दुवेको हुनाले अझै आत्रु बसले च्यापिएको हुन सक्ने वा पानीले बगाएको हुन सक्ने आशंका गरिएको छ । बसबाट ८ जनालाई उद्धार गरि नजिकको अस्पतालमा पठाएको र बसमा सवार कतिजना थिए भन्ने कुरा एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।