शमशेर क्षेत्री,
सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका ४ र त्रिपुरासुन्दरी गा. पा. ०३ को सिमानामा रहेको सुनकोसी नदि माथि बनेको पक्की पुल ८ बर्ष वितीसक्दा पनि पुलको काम सम्पन्न हुन सकेको छैन । २०७१ सावनको त्यो कालो रात सुनकोसी नदी माथि विशाल पहाड खस्दा सयौले ज्यान गुमाएका थियो । जुरे पहिरो खस्दा अरनिको राजमार्गमा पहिरो गएको थियो । बैकल्पिक बाटोको लागि नेपाली सेनाले त्रिपुरासुन्दरी गा. पा. हुँदै सुनकोसी महादेवथान बाह्रबिसे निस्कनको लागि तत्काल सेनाले त्रिपुरा र बाह्र सिमाना सुनकोसी नदी माथि बेलिब्रिज बनाई दिएका थिए ।
सोही ठाउँमा पक्की पुलको लागि ५ करोडमा ठेक्का पाएको लामा कन्डसनले पुलको निर्माण अलपत्र पारेर छोडेको छ । सुनकोसीका स्थानीय जनताहरुले हारगुहार गरेर ठेकेदारलाई हुन्छ भन्नमा मात्र सिमित बनाए । ठेकेदारको चरम लापरबाहीले गर्दा पुल अझैसम्म पनि निर्माण हुन नसकेको स्थानियहरु बताउँछन् । पुल निर्माण नहुँदा त्रिपुरासुन्दरी गा.पा. का जनताहरु समस्यामा परेका छन् । सिन्धुपाल्चोकका बिकास प्रेमी मोहन बहादुर बस्नेतको आँगनै छेउमा त बिकासे कामको यस्तो हरिबिजोक छ, अरु ठाउँमा के होला । माननीय मोहन बहादुरले एक कल फोनले यो पुल बन्ने थियो तर उहाँ नै मौन भएर बस्नु भएको छ ।


0 comment