काठमाडौं – बझाङको सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँमा कोठा भाडामा लिएर बस्दै आएकी २७ बर्षिय सुनिता विक र उनका छोराहरु ७ बर्षिय आदित्य र ४ बर्षिय एबल वि.क माथी छरा प्रहार गर्दा आमा र बच्चा तिनै जना घाइते भएका छन् । मध्येरातमा मास्क लगाएको एक व्यक्ति कोठाभित्र पसेर पहिले बच्चाहरुलाई छुरा प्रहार गरेको र बच्चाहरु रोएपछि श्रीमती उठिन र पछि उनलाई पनि छुरा प्रहार गरेको थियो । उनीहरु कराउन थालेपछि उक्त व्यक्ति भागेको घाइतेका श्रीमान् कलक बि.क ले बताए ।  

छुरा प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ भने बच्चाहरुको अनुहार, छाती, घाँटी र पिठ्युँमा छुरा प्रहार गरेको छ । तिनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । तीनै जनाको अवस्था भने खतरामुक्त रहेको जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले बताए ।

घटनाको अनुसन्धान भइरहेको बझाङका प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए । आक्रमणमा प्रयोग भएको छुरा भने विककै भान्साकै रहेको डीएसपी भण्डारीले बताए ।