काठमाडौं – सन्नी देओलको ‘गदर २’ बक्स अफिसमा "unstoppable force" रह्यो। फिल्मले रिलिज भएदेखि नै एकपछि अर्को कीर्तिमान बनाइरहेको छ । ट्रेड विश्लेषक तरण आदर्शको रिपोर्ट अनुसार फिल्मले सोमबार दंगलको लाइफटाइम व्यापारलाई उछिनेको छ र यसरी यो भारतमा ‘चौथो सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म’ बन्न पुगेको छ। सोमबार फिल्मले १३ करोडभन्दा बढी कमाई गर्न सफल भएको थियो भने फिल्मको कुल कमाई अहिले ३८८.६० करोड रुपैयाँ पुगेको छ । तरण आदर्शले आफ्नो रिपोर्टमा भविष्यवाणी गरेका छन् कि ‘गदर २’ ले ‘के.जी.एफ २’ को रेकर्ड पनि तोड्नेछ। ‘गदर २’ एक "unstoppable force" बनेको छ । यसले ‘दंगल’ को लाइफटाइमको कमाई पार गर्यो । यसरी ‘गदर २’ इन्डियाको चौथो सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको हो ।
तरण आदर्शले आफ्नो ट्वीटमा भनेका छन्, ‘गदर २’ ले इतिहास रच्यो, नयाँ कीर्तिमान बनायो । ‘गदर २’ ले दोस्रो सातामा पनि शीर्ष ५ सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मलाई फराकिलो अन्तरले पछि पारेको छ।


0 comment