काठमाडौं – ललिता निवासको जग्गा हिनामिन सम्बन्धी अनुसन्धान प्रतिबेदन आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयमा बुझाएको छ । ललिता निवासको संगठित र कीर्ते मुद्दाको अनुसन्धानको सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला न्यायाधिवक्ता महेश खत्रीले जानकारी दिएका हुन् ।
२०४९ साल देखि २०७० सालसम्म आउदा ललिता निवासको १४३ रोपनी सरकारी जग्गा पाँच पटक गरि व्यक्तिको नाममा दर्ता भएको खुलेको छ । यसमध्ये माधव नेपाल नेतृत्वको सरकारले २५ रोपनीभन्दा बढी जग्गा २०६६ सालमा ‘प्रधानमन्त्री निवास विस्तार’ को नाममा प्लटिङ गरि मोहीका नाममा दर्ता भएको थियो ।
डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले २०६९ साल माघ ५ गते डिल्लीबजार मालपोत कार्यालयले ललितानिवास भित्ररहेको ६० आना जग्गा ‘पशुपति टिकिन्छा गुठी’ का नाममा दर्ता गर्ने निर्णय पनि गरेको थियो ।


0 comment