समशेर क्षेत्री,

सिन्धुपाल्चोक – तातोपानी सुख्खा बन्दरगाहा भन्सारमा रहेको रसायनिक मल अलपत्र अवस्थामा रहेको पाइएको छ । चिनबाट लिएर आएको अनुमानित ३५ हजार बोरा रसायनिक मल तातोपानी सुख्खा बुद्राहामा थन्किएको महिनौ भयो । माननीय माधप प्रसाद सापकोटा र माननीय मोहन बहादुर बस्नेत ज्युले मिलेर पहल गरिदिनु भए यो मल नेपाली किसानले बेलैमा बालीमा हाल्न पाउने थिए ।

केही बर्ष अधि पनि खासाको नाका हुँदै हजारौं बोरा रसायनिक मल भित्रीएको थियो केही महिना पछि त्यो मल तातोपानी भन्सारबाट कहाँ गयो पत्तै भएन । मकै, धान, बाली लगाउने बेला मल दिन सकेन । २५०० सय देखि ४००० सम्म प्रती बोरा मल किनेर बालीमा हाल्नु पर्ने अवस्था छ।