काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकारी निवास बालुवाटारमा राष्ट्रिय मान्यताप्राप्त शिर्ष दलका नेताहरुको बैठक बोलाएका छन् । प्रचण्डले बोलाएको उक्त सर्वदलीय बैठकमा भने नेकपा एकालेका अध्यक्ष केपी ओली सहभागीम भएनन् । बैठकमा अध्यक्ष ओली उपस्थित नभएपनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका छन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका नेताहरु सहभागी भएका छन् । एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दे साउन १० गतेदेखि संसद अवरुद्ध आएको छ । सोही विषयमा पनि आज छलफल हुने भनिएको छ ।
बैठकमा माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी सहभागी छन् भने कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति प्रर्णबहादुर खड्का सहभागी भएका छन् । रास्वपाका सभापति लामिछाने र सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन तथा जनमतकी अनिता देबि रहेका छन् ।


0 comment