काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन्। 

संसद सचिवालयका अनुसार दुई वटा इमेलबाट उजुरी परेका छन् भने एक जनाले भौतिकरूपमै उपस्थित भएर उजुरी दिएका छन्।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका विषयमा आइतबार संसदीय सुनुवाई हुँदैछ। सोही दिन उजुरीका विषयमा सबाल जवाफ हुनेछ। 

संवैधानिक परिषद्को बैठकले साउन १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। साउन २३ गते बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो।