काठमाडौं - ओखलढुंगामा छात्रालाई यौन दुर्व्यवहार गर्ने एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ।
जिल्लाको मोलुङ गाउँपालिका-२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले नौ महिना कैद सजायसहित ५० हजार क्षतिपूर्ति र २० हजार जरिवाना तोकेको हो।
गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुर्व्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो। साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध सो सजाय सुनाईएको हो।

0 comment