काठमाडौं - गुल्मीको मुसिकोट नगरपालिका-१ का वडाअध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन्।  

घिमिरे घरबाट केही टाढा जंगलमा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। 

नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत रहेका घिमिरेले शनिबार बिहान साँढे ४ बजे आफ्नो फेसबुकमा आफ्नी श्रीमतीलाई सम्बोधन गर्दै लेखेका थिए, 'परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता; साथ निभाउन सकेन। मलाई माफ गरे। घर परिवार, साथिभाइ सुभ चिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा।'

शुक्रबार दिउँसो वडाको कामले घरबाट निस्किएका उनी घर नफर्किएका परिवारले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको छ।