काठमाडौं - नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा भएको छ। पछिल्लो पटक बसेको मन्त्रीपरिषदको बैठकले मापदण्ड बिपरित पाँच जना एआईजीको सरुवा गरेको हो। 

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा भएका छन्। गृहमन्त्रालय श्रोतका अनुसार सरकारलाई जरुरी लागेर जिम्मेवारी हेरफेर गरिएको हो।

उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दिपक थापाको सरुवा भएको छ। ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साँढे ४ महिना मात्र भएको थियो। उनको ठाउँमा एआईजी दिपक थापालाई ल्याइएको छ। थापा उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो।

प्रशासनमा एआईजी मिरा चौधरीको सरुवा भएको छ। चौधरी कार्य विभागमा कार्यरत थिइन्। मिराको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाइएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ। मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुखमा पठाइएका छन्।

नक्कली भुटानी शर्णार्थी, ललिता निवास जग्गा र ६० किलो सुन जस्तो चर्चित प्रकरणमा पक्राउ परेका शिर्ष नेताहरुलाइ उन्मुक्ती दिन र अरुमाथी हुन लागेको अनुसन्धान प्रभावित पार्ने उदेश्यले मापदण्ड बिपरित साँढे ४ महिनामै एआईजीको सरुवा गरिएपछि नेताहरुले आफ्नो अनुकुलका अधिकारीलाई महत्वपुर्ण बिभागमा सरुवा गरेको भन्दै चौतर्फी आलोचना बढिरहेको छ। 

प्रहरी नियमावलीमा एआईजी सरुवा एक वर्षमा मात्रै गरिने व्यवस्था छ।