काठमाडौं - ६० किलो सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो। योसहित सुन प्रकरणमा विदेशी नागरिकसहित २१ जना पक्राउ परिसकेका छन्।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच पास भइ बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। 

सुन तस्करी प्रकरणमा भारतीय, चिनियाँ र नेपाली नागरिक गरी १७ जना प्रहरी हिरासतमा छन् । यसअघि मंगलबार साँझ विमानस्थलबाट चारजना चिनियाँ नागरिक पक्राउ परेका थिए। 

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच पास भइ बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। हङहङबाट 'ब्रेक सु' को नाममा भित्रिएको तस्करीको सुन १०० किलो बढी भएको बताइएको थियो। तर, नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार 'ब्रेक सु' बाट छुट्याएर पगाल्दा सुनको तौल ६० किलो ७१६ ग्राम मात्रै निस्किएको थियो।

पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध र राजस्व छलीको कसुरमा अनुसन्धान भइरहेको छ।