शमशेर क्षेत्री, 

सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका ५ सिरिसेमा माथिबाट सिगार्चेमा विशाल पहाड झरेको थियो । रातको करिब ८ बजेतिर माननीय मोहन बहादुर बस्नेतको गाउँ नजिकै रहेको उक्त बाटोमा पहिरो जाँदा बाटो अबरुद्ध भएको हो । बाह्रविसेबाट नजिकै रहेको सिरिसे गाउँमा राति अचानक भिर झर्दा स्थानीयहरु आत्तिएका थिए । माथिबाट झरेको बिशाल सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध हुनका साथै तातापानी भन्सारबाट भएर आउने १ दर्जर कन्टेनरहरु बाटैमा रोकिनु परेको थियो । 

पहिरो जाने डरक्रासले जनधनको क्षतिबाट बच्नको लागि स्थानिय बासिन्दाहरुले आफ्नो सामान सारी दिनको लागि सबैसँग हारगुहार गरि रहेको थिए भने कतिपय सामान स्थानीय युवाले सारी दिएका थिए । उक्त पहिरेले मानविय जनधनको क्षति भने हुन नपाएपनि केही गोठ र घरमा भने क्षति भएको छ । पहिरोले उक्त ठाउँको खेतबारी पनि मासिएको हुँदा स्थानियहरु पिडित भएका हुन् । पहिरोले गर्दा त्यसमा बिजुली पनि अवरुद्ध भएको छ ।