काठमाडौं – बैतडीमा छिमेकीको ५ तोला सुन चोरेको आरोपमा श्रीमान÷श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथ रहेको प्रहरी जानकारी दिएको छ ।
आरोपीत श्रीमान/श्रीमतीले सोही ठाउँका जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन् ।
प्रहरीले जनालाई नियन्त्रणमा लिई चोरीसम्बन्धी मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरी यसबारे थप अनुशन्धान भई रहेको जनाएको छ ।

0 comment