काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा आफुले सरकारलाई सघाउन तयार रहेको बताएका छन् । 

बालुवाटार जग्गा प्रकरणमा आफ्नो पनि नाम मुछिएको बेलै युरोप भ्रमणमा गएका पूर्वप्रधानमन्त्री नेपालले आज बिहान युरोप भ्रमणबाट स्वदेश फर्किएका हुन् । नेपाल युरोप तिर गएपछि आफ्नो मुछिएको बेला  भाग्यो भन्ने जमातको पनि कमि थिएन । आजै अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सो कुरालाई माधव नेपाल भाग्ने खालको मान्छे नभएको प्रस्टयाएका छन् । बालुवाटार जग्गा प्रकरणमा आफुले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए ।

पूर्व प्रधानमन्त्री नेपालले प्रस्टयाउदै भने ‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ । बालुवाटार जग्गा प्रकारणमा केही कमजोरी छ भने त्यसको छानबिन होस्, मेरो सहयोगी भूमिका रहनेछ ।’ आफ्नो नाम जोडिए पनि आफु संलग्न नरहेको उनको दाबी रहेको छ ।