काठमाडौं – पोखरीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको बनेपा नगरपालिकामा ८ विद्युत प्राधिकरण चोक नजिकै रहेको तलापुखुफु पोखरीमा एक पुरुषको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी रेशम बोहोराले जानकारी दिएका छन् । 

पोखरीमा डुबेको रोशी गाउँपालिका–५ सिसाखानीका ३४ वर्षीय धर्मसिं तामाङ नामको नागरिकता फेला परेको छ, मृतकको साथमा भेटिएको नागरिकता सोही व्यक्तिकै हो कि होइन भन्नेबारे यकिन हुन नसकेको अनुसन्धान भइ रहेको डीएसपी बोहोराले जानकारी दिएका छन् । 

मृतकको पहिचानका लागि रोशी–५ का वडा अध्यक्ष नीरध्वज लामालाई खबर गरीएको छ । नागरिकतामा नाम उल्लेख गरिएको आफन्तलाई बनेपा पनी बोलाएको डीएसपी बोहोराले बताए । उनले भने, अब आफन्त आइपुगेपछि नागरिकतामा उल्लेख भएको नाम उनै मृतक व्यक्ती हो वा होइन यकिन हुने छ,।  

मृत व्यक्ति पोखरीमा घोप्टो अवस्थामा फेला परेका थिए । बिहान अन्दाजी ९ बजे तिर स्थानीयले पोखरीमा मान्छे डुबेको देखिएपछि प्रहरीलाई खवर गरेका थिए । 

नागरिकतामा उल्लेख भएको नाम उनै मृतक व्यक्तीको हो वा होइन भन्नेबारे उनको आफन्त आइपुगेपछि  थप अनुशन्धान गर्नलाई प्रहरीलाई थप मद्धत् पुग्ने प्रहरीले जनाएको छ ।