काठमाडौं – सुदूरपश्चिममा केही स्थानमा सोमवारसम्म अति भारी बर्षा हुन सक्ने भन्दै मौसम विदहरुले सावधानी अपनाउन अनुरोध गरेका छन् ।
शनिबार राती देखि परेको अवीरल वर्षले कतिपय ठाउँहरुमा जन जिवन अस्त–व्यस्त बनाएको छ । मनसुनी प्रणाली सक्रिय भएका कारण तराई देखि पडाही क्षेत्रमा सोमबार सम्म बर्षा हुने अनुमान गरिएको मोसनविद वरुण पौडेलले बताएका छन् । पौडेललका अनुसार प्रदेशका केही स्थानमा अति भारी बर्षा हुन सक्ने भएकाले खोलानालमा आकस्मिक बाढी आउने, पहिरो जाने सक्ने भएकाले यो अवधिमा सचेत र रहन अपिल गरेका छन् ।
मौसम विदले दिएको जानकारी अनुसार १० मिलिमिटर सम्म बर्षा भएमा त्यसलाई सामान्य बर्षा मान्ने गरीन्छ । तर १० देखि ५० मिलिमिटर बर्षा भएमा मध्यम र ५० मिलिमिटर देखि १ सय मिलिमिटर बर्षा भएमा भारी बर्षा भएको मान्ने गरिन्छ । त्यसैगरी एक सय देखि दुई सय मिलिमिटर बर्षा भएमा त्यसलाई धेरै भारी बर्षा भएको मानिन्छ भने दुई सय मिलिमिटर भन्दा बढी बर्षा कुनै स्थानमा भएमा तयसलाई अति भारी बर्षा मान्न सकिन्छ ।
मनसुनको न्यून चापिय रेखा नेपालमा सरेपछि सुदूरपश्चिम प्रदेश लगायत देश भर बर्षा भइरहेको मौसमविद पौडेलले बताएका छन् । शनिबार राती देखि भने देशका अन्य प्रदेशको तुलानामा सुदूरपश्चिम प्रदेशमा बर्षाको सम्भावना धेरै रहेको उनले बताएका छन् ।


0 comment