कपडा नचाउरियोस, सलक्क परोस भनेर हामी प्रेस गर्दछौ । नयाँ कपडामा माड र यसको तयारीमा गरिएको विभिन्न प्रक्रियाहरुले गर्दा यो चाउरिएको हुदैन । धुँदा एक त माड पखालिएर जान्छ र अर्को कुरा पानी निचोर्दा त्यतिकै सो मुजा पर्दछ जुन सुकिसकेर पनि रहिरहन्छ ।
यसरी मुजा परेको कपडालाई सलक्क पार्न यसमाथि चाप दिनु पर्दछ । कपडालाई पानी छकिएर अलिकति ओसिलो पार्यौं भने चाप राम्रो र छिटो बस्छ । कपडा यसरी सलक्क परेपछि यो मुजा नपरोस भन्ने हामी चाहन्छौ ।
यसकारण चापको साथ साथै चिसो कपडालाई सुकाइनु पनि पर्दछ । तातो आइरन वा इस्त्रीको प्रयोगमा दुवै काम साथसाथै हुन्छ । अगवा यसबाट चाप र ताप दुबै प्राप्त हुन्छ र खुम्चिएको हटाउँछ ।


0 comment