काठमाडौं – मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा आइतबार दिउँसो एक जना भारतीय युवा पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । 

यसरी मृत अवस्थामा फेला पर्ने भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खान रहेको प्रहरीले जनाएको छ । खानको हत्या भएको हुनसक्ने प्रहरीको आशंका गरेको छ । डीएसपी भण्डारीले निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव फेला परेको जानकारी दिएका छन् । 

प्रहरीका अनुसार पैनीमा शव देखेपछि जनप्रतिनिधि र स्थानीयले दिउँसो साढे १२ बजेतिर खबर गरेका थिए । भारतीय नागरिक खानले भाँडावर्तन बनाउने फ्याक्ट्रीमा काम गर्ने गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ । 

‘घटना शंकास्पद देखिन्छ, चोटपटक रहेको अवस्थामा पानीभित्र शव फेला परेको हुँदा विस्तृत अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने डीएसपी भण्डारीले बताएका छन् । हत्या गरेपछि शवलाई पैनीमा फालिदिएको हुनसक्ने आशंकामा विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर प्रहरीले यसबारे घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।