काठमाडौं – फ्लोरेन्स नाइटिङ्गेलको जन्म १८२० मे १२ मा इटलीमा भएको थियो भने उनको मृत्यु आजकै दिन १३ अगस्त १९१० मा भएको हो । फ्लोरेन्स नाइटिङ्गेल आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता भनेर मानिनु हुन्छ । दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई “द लेडी विद द ल्याम्प” (बत्ती लिएकी केटी) भनेर विश्वमा चिनिन्नु हुन्छ ।
फ्लोरेन्स नाइटिङ्गेलको जन्म एक समृद्ध र उच्चवर्गीय बेलायती परिवारमा भएको थियो । तर उच्च घरानामा जन्मेकी फ्लोरेन्स नाइटिङ्गेलल आफ्ना बुबा आमाको चाहनाविपरीत मानिसहरूको सेवाका लागि नर्स बनेकी थिइन् । परिवार भित्र विरोध हुँदाहुँदै पनि १८४५ मा उनले अभावग्रस्त मानिसहरूको सेवा गर्ने व्रत लिइन् । सुरुमा आफ्नी बिरामी हजुर आमाको स्याहारसुसारमा खटिएपछि सेवामा लाग्ने उद्देश्य लिएकी फ्लोरेन्सले नर्सिङ पढाइ सुरु गरेकी थिइन् । खासगरी क्राइमिया युद्धको समयमा घाइतेहरूको सेवाका लागि फ्लोरेन्स रातदिन खटिएकी थिइन् । युद्धका बेला घाइते सैनिकहरूको सेवाका लागि भनेर ३८ जना नर्सको टोलीसहित उहा्र्र्रँ टर्की जानु भएको थियो साथै डिसेम्बर १८४४ मा उहाँले चिकित्सा सुविधाको सुधार कार्यक्रम ल्याउँनु भएको थियो, पछि रोम का प्रख्खर राजनेता सिडनी हर्बर्ट सँग उहाँको मित्रता भएको थियो ।
नर्सिङको अतिरिक्त लेखन र एप्लाईड स्ट्याटिस्टिक्सको क्षेत्रमा पनि उहाँको दख्खल थियो । फ्लोरेन्सको सबैभन्दा महत्त्वपूर्ण योगदान क्रिमिया युद्धमा रह्यो । अक्टोबर १८५४मा उहाँले ३८ महिलाहरूको एउटा दल तयार गरी घाइतेको सेवामा टर्की पठाउनु भएको थियो । उहाँको यसै समयको सेवाका कारण उहाँलाई बत्ती लिएकी केटी अर्थात् लेडी विथ द ल्याम्प उपाधिले सम्मानित गरियो ।
पहिलेको समयमा घाइते, दुःखी, रोगी आदिलाई सहयोग गर्ने र तिनको सेवा सुश्रुसा गर्ने कार्य उतिसारो हुँदैनथ्यो । त्यसमा पनि उच्च घरानियाँ मानिसले नर्सिङको काम गर्न त बर्जित अथवा जात जाने किसिमको काम ठानिन्थ्यो फ्लोरेन्सले त्यसबेलाको पुरातनबादी सोचलाई चिर्दै नयाँ युगको सुरूवात गर्नु भएको थियो ।
उहाँले आफ्ना कोही स्याहार्ने नभएका घाइतेहरूको सेवा गर्नु हुन्थयो, उहाँले दिएको स्पर्श तथा ढाडसले जादूको शक्ति पैदा गर्दथ्यो । बिरामीको उपचार गर्ने चिकित्सकहरू घर फर्किसकेपछि रातको अँध्यारोमा पनि फ्लोरेन्स सेवामा जुटी रहनु हुन्थयो । रातभर जागरण बसेर हातमा लालटिन लिई सेवामा तत्पर रहने भएकाले नै उनलाई लेडी विथ द लेम्प भनिएको हो ।
युद्धका घाइतेको सेवा गर्दागर्दै उनलाई गम्भीर संक्रमणले समात्थ्यो तर कहिले पनि विचलित हुनु भएन । सन् १८५९ मा फ्लोरेन्सले सेन्ट थोमस अस्पतालमा एक नाइटिङ्गेल प्रक्षिक्षण विद्यालयको स्थापना गर्नु भयो । यसै बेला उहाँले नोट्स अन नर्सिङ पुस्तक लेख्नु भयो । जीवनको बाँकी समय उहाँले नर्सिङको कार्य बढाउने वा यसलाई आधुनिक रूप दिनमा व्यतित रहनु भयो । सन् १८६९ मा उहाँलाई महारानी भिक्टोरियाले रोयल रेड क्रस सम्मानबाट सम्मानित गर्नु भएको थियो । पछि ९० वर्षको उमेरमा १३ अगस्त, १९१० मा उहाँको आजकै दिन निधन भएको थियो ।


0 comment