शमशेर क्षेत्री,

सिन्धुपाल्चोक – काभ्रे भुम्लु गा. पा. को दोललघाट एरिया नजिक तिर प्रशासनकै संरक्षणमा सुनकोसी र इन्द्रावती नदी नै कब्जा भएको छ। काभ्रे दोललघाट एरिया नजिकबाट प्रशासन कै संरक्षणमा दिन डाहदै दर्जन भन्दा बढी स्काभेटर लगाएर राता रात क्रशर उधोगले गिट्टी र बालुवा निकाली रहेका छन् । दोललघाट प्रहरी चौकी नजिकै रहेको अवस्थामा दोललघाट प्रहरीलाई माथिबाट अनुमती नहुँदा तस्करहरुलाई उल्टै सलाम ठोक्नु पर्ने स्थिति छ ।

खोलाको त के कुरा गर्नु तस्करहरुले खोला हिड्ने बगर नै कब्जा गरेर नदिको धार नै परिवर्तन गरिदिएका छन् । प्रशासनको आडमा बगर माथि नै गिट्टी बालुवा स्टोर गरेर अहिले मात्र हैन बषौ देखि बगर नै कब्जा गरेरको पाइएको छ । स्थानीयले पटक पटक खवरदारी गर्दा पनि मानिरहेका छैनन् । कतिपय ठाउँहरुमा त राजमार्गमा असहज हुने गरि गिट्टी बालुवाको स्टोर गरेर राखेको पाइएको छ ।

साबेल, बेन्चा बालुवा निकालेकोमा प्रशासनले साबेल खोसेर लैजान्छ तर स्काभेटरले नदिको धार नै परिवर्तन गरेर गिट्टी बालुवा झिक्नेलाई उल्टै सुरक्षा दिन्छ ।