काठमाडौं – वेदकोट नगरपालिका–४, मा पर्ने बगुन खोला तटबन्ध निर्माण कार्यमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेपछी तटबन्धको काम रोकीएको छ । 

अवैध ढुङ्गा सङ्कलन गरिएका ढुङ्गा खरिद गर्नुपर्ने मनसाय राख्दै वडाध्यक्षले नै करिब एक किलोमिटर तटबन्ध निर्माणको काममा अवरोध गरेको स्थानीयको आरोप छ । वडाध्यक्ष नरेन्द्रबहादुर बोहरा आफू पनि ठेकेदार हुनुहुन्छ । उहाँ वडाध्यक्ष निर्वाचित भएपछि आफ्नो भाइलाई अगाडि सारेर प्राकृतिक सम्पदाको दोहन गरेर लाभ लिँदै खोलाबाट ढुङ्गालगायत वस्तु निकाल्ने गरेको स्थानीयको भनाई छ । वडाध्यक्षले आफ्नो भाइको सहायताले ढुङ्गा तस्करी गरिरहेका छन् । 

सामुदायिक  वनभरी ढुङ्गा थुपारेको देख्न सकिन्छ । सबै वडाध्यक्षबाटै परिचालित हन्छ । ढुङ्गा गिट्टी थुपार्ने र खोला बन्द भएको बेला बेच्ने वडाध्यक्ष बोहराको पुरानै धन्दा रहेको एक स्थानीय रघुवीर भट्टले बताएका छन् । 

हामीले काम गर्न खोज्दा वडाध्यक्षले प्रहरी लगाएर काममा अवरोध गराउँदै आएका छन् । हामील यसै खोलाको तटबन्धको काम गरिरहेका छौँ । तर वडा अध्यक्षका मानिसहरुले यत्तीकै ढुङ्गा उठाइरहेका छन । हामीलाई भने ढुंगा उठाउन न दिएको एमडी गरुपका सञ्चालक अमर मल्लको आरोप छ । उहाँले ७० प्रतिशत काम पूरा भए पनि वडाध्यक्षको अवरोधले काम रोकिएको गुनासो गरेका छन् । वडाध्यक्ष बोहराले आफ्नो काममाथि अवरोध गरिरहेको मल्लको दुःखेसो छ । 

उक्त आरोपका सम्बन्धमा वडाध्यक्ष बोहराले भने, मैले त्यस्तो काम गरेको छैन, आफूले कुनै पनि ढुङ्गा सङ्कलन नगरेको र विगतमा आफू ठेकेदार भए पनि अहिले जनप्रतिनिधि भएकाले ढुङ्गा सङ्कलन गरेर जम्मा नगरेको उनको भनाइ छ ।