काठमाडौं – व्यापारी राकेश अडुकियाका छोरा पक्राउ परेका छन् । सय किलो सुन प्रकरणमा व्यापारी राकेश कुमार अडुकियाका छोरा रोहन कुमारलाई प्रहरीले पक्राउ परेका हुन् ।
भारतबाट नेपाल आउँदै गर्दा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।
पक्राउ परेका रोहन कुमारलाई अध्यागमन विभागले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

0 comment