काठमाडौं – छात्रालाई यौनदुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक विरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी ढुन्डीराज न्यौपानेले पीडित बालिकाले साउन २१ गते शिक्षकहरूले दुर्व्यवहार गरेका भन्दै उजुरी दर्ता गराएका थिए ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका–११ मा रहेको चण्डेनी माध्यमिक विद्यालयका शिक्षक ४२ वर्षीय हेमराज विक र ३२ वर्षीय बलेन्द्र भट्टविरुद्ध उजुरी दर्ता भएको हो । 
तीन जना पीडितले बिहीबार उजुरी दर्ता गराएका र उक्त शिक्षकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।