शमशेर क्षेत्री,
सिन्धुपाल्चोक – सुनकोसी गा. पा. ३ का थुम्कि धयरीघारी पारिपाखा सामुदायिक वनमा ‘वन जोगाऊ, हरियाली बनऊ’ भन्ने नाराका साथ बृक्षरोपण कार्यक्रम गरियो ।
थुम्की धयरीघारी पारिपाखा सामुदायिक वन उपभोक्ता समुहको र सा. ब. उपभोक्ता माहासँघ सुनकोसीको आयोजनामा बृहत बन बृक्षरोपन कार्यक्रम गरिएको हो ।
वन जङ्गल जोगाउ अभियानमा जनप्रतिनिधि र स्थानीय वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए । सिन्धुपाल्चोक, सुनकोसी गा. पा. जनप्रतिनिधि, वन कर्माचारी र स्थानीय मिलेर सुनकोसी गा. पा. ०३ का थुम्की धयरीघारी पारिपाखा सामुदायिक वनको माया बिच रिसोर्ट नजिक ब्लक नं. २ मा वन अध्यक्ष ज्यु सहितको टिमले बृक्षरोपण गरेको हो ।
साथै सुनकोसी गा. पा. उपाध्यक्ष कान्छी माया तामाङ, सोही वडा अध्यक्ष ईश्वर तामाङ, ईश्वर तिम्सिना, भोज लाल श्रेष्ठ लगायत माया बिच रिसोर्ट सन्चालक, सुनकोसी गा. पा. ३ का पुर्व वडा अध्यक्ष राम हरि खडका, बलेफी गा. पा. पुर्व वडा अध्यक्ष चरि बहादुर तामाङ, समाजसेवी तथा स्थानीय बासिन्दा जयराम खडकाले पनि सहभागीता जनाउनु भएको थियो । डिभिजन बन कार्यालय चौताराले ५०० बिरुवा उपलब्ध गराएको थियो । उक्त बिरुवा डडेलो लागेको ठाउँहरुमा र खालीरहेका ठाउँहरुमा बृक्षरोपण गरिएको हो । उत्त कार्याक्रमको शुरुवात वन अध्यक्ष देवेन्द्र कार्की ज्यूले गर्नु भएको थियो।




0 comment