काठमाडौं – पशुपति क्षेत्र विकास कोषले बुधबारदेखि नव नियुक्त भट्ट (पुजारी)लाई आज विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । भारत आन्ध्र प्रदेश कर्नाटकवासी करिब ३२ वषीएय बिएस विनय अडिगाले बुधबारदेखि विधिवत रूपमा धार्मिक र सांस्कृतिक प्रक्रिया पूरा गरी पशुपतिको मूल मन्दिरमा प्रवेश गरेका हुन् ।
विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गर्नुभएका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेको कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
अब उनी पशुपति मूल मन्दिरको दक्षिण मुहारको पुजारी भएका छन् । भट्ट वैदिक शास्त्र, धर्मशास्त्र तथा तन्त्रशास्त्रका ज्ञाता मानिन्छन् । पशुपतिका तत्कालीन भट्ट रामाकारन्त भट्टले स्वास्थ्यको कारण देखाई राजीनामा गरेपछि रिक्त रहेको पदमा अडिगालाई नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।
दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त भएको कोषका प्रवक्ता एवं कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । यस मुहारका पुजारी रमाकारान्त भट्टले करिब चार महिनाअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । राजीनामा दिएको चार महिनामा प्रशासनिकलगायत प्रक्रिया पूरा गरी उनलाई दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त गरिएको हो ।


0 comment