आफ्नो छोराछोरीलाई महँगो प्राइभेट स्कुलमा पढाउने तर गरिवका छोराछोरीलाई राजनीतिक दलका झन्डा बोकाउने काम अझै पनि विद्यमान छ ।
शमशेर क्षेत्री, सिन्धुपाल्चोक – चौतारा ।। सिन्धुपाल्चोकमा अनेरास्ववियुद्वारा मिसन क्लास रूम अभियान भन्दै कलिला बालबालिकालाई प्रयोग गरि संगठन बिस्तार गरेको पाईएको छ।
राजनीति सबैले बुझ्नु जरुरि छ चाहे विद्यार्थीले होस् वो जोसुकै होस् । निर्वाचनमा मतदान गर्न त १८ वर्ष पूरा हुनु पर्छ भने यहाँ त आफ्नो सदस्य संख्या देखाउनकै लागि कलिला बालबालिकाकाहरूलाई लोभ, प्रलोभन मनपारि संगठन बनाउदै सदस्य थपिरहेको पाइएको छ । अहिले नेकपा एमाले पार्टीको भातृ सङगठन अनेरास्ववियु द्वारा मिसन क्लास रूम अभियान भन्दै सङगठन विस्तार गरिदै छ । तर सङगठन बिस्तार भन्दै बाह्रबिसे नगरपालिका लगायत अन्य ठाउँहरुमा कक्षा १० भन्दा पनि मुनि ७, ८ काक्षामा पढ्ने कलिला बिद्यार्थीलाई समेत कमिटीमा राखेर आफ्नो सङगठनको सदस्यता बितरण गरिरहेका पाइएको छ। कलिला हातले कलम सामउने समयमा सङगठनको झन्डा समाउन बाध्य पारीरहेका छन् ।
पाठयक्रम पढेर ज्ञ्यान लिने समयमा अनेरास्ववियु र कम्युनिष्टका सिद्धान्त बिद्यालयका कक्षाकोठामै राजनीति सिकाइरहेको पाइएको छ । यस्ता कुराले शिक्षा क्षेत्र र समाजमा धेरै असर पर्दछ । यस्ता गतिविधीमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको स्थानिय बताउँछन् । छोराछोरी पढ्न पठायो उता बिद्यालयमा राजनीति पढाइ हुने शिक्षकहरूको पनि भनाई रहेको छ । शिक्षकहरुले बिद्यालय समयमा यस्ता खालको गतिविधि नगर्नु भन्न पनि सकिरहेका छैनन् ।
विद्यालय शान्तिक्षेत्र हो र विद्यालयलय भित्र पुर्ण रुपमा राजनीति गर्न निषेध गरिनु पर्दछ । जागिर सरकारी चाहिने तर आफ्ना छोरीछोरीको भविष्य बिग्रिने डरले छोराछोरीलाई भने प्राइभेट स्कुलमा पढाउने कामको अन्त्य गर्दै सरकारी कर्मचारीहरुको छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनु पर्ने नियमको बनाउनु पर्दछ तब मात्र सरकारी स्कुलको स्तर अलिमाथि उठाउन सकिएला । अहिलेको बिद्यालयको स्तर हेर्दा सरकारी बिद्यालयलयलाई राजनीतिक सुरुगर्ने संस्थाको रुपमा राजनीतिज्ञहरुले बिकास गरिरहेको पाइन्छ ।


0 comment