काठमाडौं – संसद सुचारु गर्नेबारे दलहरूबीच सहमति जुटेको छ । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभा संचालनबारे सहमति जुटेको हो । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सदनको अवरोध खुलाउने विषयमा सहमति जुटेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिएका छन् ।
सु्न प्रकरणबारे उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले जवाफ दिन तयारी भएपछि सहमति जुटेको हो । प्रतिनिधिसभा बैठकमा सबै राजनीतिक दलका सांसदहरूले आ–आफ्नो धारणा राखेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनेछन् ।
साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच भइ बाहिरिएको एक क्वीन्टल सुन प्रकरणमा सरकारका मन्त्री तथा नेताहरूको संलग्नता रहेको र अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।


0 comment