शमशेर क्षेत्री, सिन्धुपाल्चोक – सुनकोसी गा. पा. कालिका ठोकर्पा वाफल जाने मोटरबाटो गौरी पार्वती निर्माण सेवाले २०७३ सालबाट काम सुरु गर्ने गरि २६ करोडमा ठेक्का पाएको थियो । ठेक्का पाएको २ बर्ष भित्र सक्नु पर्ने यो सडक ७ बर्ष हुँदा पनि गौरी पार्वती निर्माण प्रा. लि. ले काम सकेको छैन । कोरोनाको कारणले काम ढिलो भएको निर्माण कम्पनीका संचालको भनाई रहेको छ । 

ठोकर्पाका  जनताले पटक पटक हार गुहार गर्दा पनि स्थानीय सरकारले चासो देखाएको छैन न त निर्माण बेवसायीले देखाउँछ । सुनकोसी गा. पा. वडा नं. २ का  अध्यक्ष ज्युले केही महिना अगाडि ठेकेदारलाई सडक बनाउन दबाब दिएपछि  केही समय ठेकेदार कम्पनी ले काम सुरु गरेको थियो ।

अहिले न ठेकेदार छ न त कामदारहरु नै आउँछन् यो बाटो अहिले अलपत्र अवस्था जस्तै भई सक्यो । सुकुटेबाट मिलडाँडासम्म पहिलो चरणको काम राम्रो थियो त्यही बाटो ठाउँ ठाउँमा गरिएको पिच माथि पहिरो हटाउन नस्कदा सो ठाउँमा अहिले पिच उप्किन थालेको छ, बाटो साँघुरो भएको छ । त्यो पहिरो हटाउन निर्माण कम्पनी हार  गुहारमा मात्र सिमित रह्यो। यी बाटोमा रहेको पहिरो हटाउन सकेमा राज्यको करोड लगानी केही समय टिक्ने थियोे । स्थानीय सरकार सुनकोसी गा. पा. ले  २०७८÷७९ सवारी कर २ लाख ८२ हजार लिएको थियो सुनकोसी गा पा ले त्यहि पैसा काम सरसफाइ गरौ भन्दा मानेन । गौरी पार्वती निर्माण प्रा. लि. लाई कुन कुन राजनीति दलको संरक्षण छ धुलिखेल खावा सुकुटे बाघभैरव र लामुसाघु जिरी सडक खण्ड यहि निर्माण प्रा. लि. ठेक्का लिएको थियो ३ वटै बाटो हरि बिजोक बनाएर छ  ।