काठमाडौं – मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने सो पहिरोमा परी अन्य ६ जना बेपत्ता भएका छन् ।

उक्त पहिरोमा परी बागमती गाउँपालिका–५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्यांतान, उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका अन्धाजी १६÷१७ वर्षका पासाङ घिसिङ  बेपत्ता भएको छन भने एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।

बेपत्ता भएका ६ जनाको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।