काठमाडौं – कैलालीको गोदावरी नगरपालिका–४ स्थित खानीडाँडा नजिकै सडक भासिंदा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । भावर क्षेत्रमा ठूलो पहिरोसहित सडक भासिएपछि राजमार्ग अवरुद्ध बनेको हो । 

भावर क्षेत्रमा ठूलो पहिरोसहित करिब ३ सय मिटरको दुरीसम्म सडक भाँसिएको छ । सडक भासिएपछि कैलाली र कञ्चनपुरबाट सुदूर पहाडका ७ वटै जिल्लाको यातायात सेवा अवरुद्ध बनेको छ । 

पहाडबाट तराई कैलाली र कञ्चनपुर झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र कुमार पालले बताएका छन् ।