काठमाडौं – संसद गतिरोध अन्त्य गर्नेबारे सभामुखसहित मुख्य तीन दलका शीर्ष नेताबीच बसेको बैठक कुरा न मिल्दा बिना निष्कर्ष सकिएको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सकारात्मक छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकल बताएका छन् । संसद गतिरोध अन्त्यका लागि सबै जना सकारात्मक हुनुहुन्छ, बैठक फेरि साढे ३ बजे बस्ने सहमती भएको उनले जानकारी दिएका छन् । 

आज १ बजेका लागि बोलाइएको संसद बैठक ४ बजेका लागि सार्ने तयारी भएको उनले बताएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै आईरहेको छ साथै छानबिन समिति नबनेसम्म संसद चल्न नदिने एमालेले अडान राख्दै आएको छ ।