काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले हरेक वडाका प्रत्येक घरमा पुग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । केन्द्रीय कमिटीको बैठकको समापन समारोहलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रत्येक वडाका प्रत्येक घरघरमा पुगी अभियान सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
प्रचण्डले वडाका कुनै पनि घर छुट्न न हुने बताउदै, यो अभियानले नयाँ पार्टी निर्माणमा सहयोग गर्ने बताएका छन् । अध्यक्ष दाहालले अझैं पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले पार्टीलाई घेराबन्दीमा पारिरहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रले तीन महिने रुपान्तरण विशेष अभियान सञ्चालन गर्ने भएको छ। केन्द्रले भदौ १६ गतेदेखि तीन महिनासम्म विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको हो।
गत मंसिरमा भएको निर्वाचनमा तेस्रो पोजिसनमा खुम्चिएको माओवादी केन्द्रले संगठन विस्तार गर्न रुपान्तरण अभियान सञ्चालन गर्न लागेको हो।

0 comment