काठमाडौं – डडेल्धुराबाट लागूऔषध खैरो हिराईनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका- १ स्याउलेबाट अछामको साफेबगर नगरपालिका ४ का २९ वर्षीय अशोक स्वार र चौरपाटी गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय गणेश धामी रहेको प्रहरीले जानकारी दिएको छ । 

धनगढीबाट अछामतर्फ जाँदै गरेको सु. प. प्र. ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकललाई शंकालागि खानतलासी गर्दा उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनु भएको छ । 

प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।