कठमाडौ – भारतमा कार दुर्घटना हुँदा छ जना नेपालीको मृत्य भएको छ ।
शनिबार नेपाली समय अनुसार साँझ साढे ६ बजे भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा परी नेपालगन्ज त्रिभुवन चोकका ६ जना नेपालीका मृत्यु भएकोे हो ।
यसरी दुर्घटनामा परी मृत्युहुनेहरुमा, नेपालगँजका सबैभन्दा पुरानो र प्रतिष्ठित घडी ब्यवसायी एस कुमार बाच सेन्टरका सन्चालक तथा नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिती सदस्य सन्तोष कुमार वैश्य उहाका एक छोरा र एक छोरीको मृत्यु भएको छ भने यस्तैगरी बैश्यका नातेदार हरि ओम मेडिकलका सञ्चालकका भतिज र भतिज वुहारीको मृत्यु भएको प्रदिप गुप्ताले जानकारी दिनु भएको छ । साथै उक्त दुर्घटनाको खवरले अहिले सिंगो नेपालगंजबासी स्तव्ध भएको बताउनु भएको छ ।
उक्त दुर्घटनामा परी कारका चालक पनी सख्त घाइते भएका छन । भारतबाट नेपालगन्ज तर्फ फर्किदै गरेको अवस्थामा कार रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

0 comment