शम्शेर क्षेत्री, सिन्धुपाल्चोक – सिन्धुपाल्चोक चौतारा सागाचोक गढी नगर ०९ सुकुटे बिच रिसोर्ट नजिकै रहेको बेसि गाउँमा अवस्थित भैरव कुण्ड पानी फ्याक्टी सोचे भन्दा राम्रो बजार पाउन थालेको छ । सिन्धुपाल्चोक जिल्ला यो पानी फ्याक्टी पहिलो र एक मात्र हो । यो पानीको स्थानीय बजार सिन्धुपाल्चोक भन्दा ललितपुर भक्तपुर काठमाडौमा धेरै माग हुन थालेको छ । यो फ्याक्ट्री उत्पादन क्षमता १ दिनमा १२ सय देखि १५०० सय केस पानी उत्पादन गर्न सक्छ ।
यो पानीको माग धेरै हुन थालेपछि पानी मुहानबाट सिधै फिल्टर गरेर प्याकिङ गरिन्छ अरु कम्पनीको पानी जस्तो गनाउदैन खादा स्वादिलो छ । त्यसैले यो पानीको माग सिन्धुपाल्चोकमा भन्दा काठमाडौमा धेरै हुन थालेको छ । सिन्धुपाल्चोकको रिसोर्ट होटल सबै ठाउँमा भैरव कुण्ड पानी मात्र देख्न पाइन्छ । यो पानी फ्याक्ट्रीमा धेरै जश्व कामदार स्थानीय नै रहेकाछन् ।
गरे नेपालमै हुने रहेछ भन्ने उदाहरण सिन्धुपाल्चोक अवस्थित भैरव कुण्ड स्रिप्रङ्ग वाटरका सन्चालकहरुले देखाई दिनु भएको छ ।


0 comment