काठमाडौं – लमजुङमा जुवा खेलीरहेको स्थानबाट २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ बेसीसहरबाट खटिएको प्रहरी अप्रेसन टोलीले मस्र्याङ्दी गाउँपालिका ९, तल्लो पामचोक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

यसरी पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न र मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ । साथै उनीहरूको साथबाट करिब साँढे ४ लाख रूपियाँसहित कौडा पनी बरामद भएको छ ।