काठमाडौं – नुवाकोटमा कुटपिट र चोरीका घटनामा संलग्न भई फरार रहेका आरोपीत युवकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बिदुर नगरपालिका ९ प्लास्टरमा साउन ५ गते शुक्रबार राती सांढे नौ बजे बिदुर ८ का २६ वर्षीय सुमन आले मगरलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइ फरार रहेको घटनामा संलग्न व्यक्तिमध्ये दुई जनालाई पक्राउ गरी मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यसरी पक्राउ पर्नेमा धादिङको सत्यदेबी स्थायी घर भई हाल नुवाकोट बिदुर नपा ९ प्लास्टर बस्ने २६ वर्षीय अनन्त तामाङ र सोही स्थानका २५ वर्षीय अमिर तामाङ रहेको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
यस्तैगरी, सूर्यगढी गाउँपालिका ५ मा मोबाइल चोरी गर्ने लिखु गापा ४ का २३ वर्षीय जुनिल राईलाई चोरीका चार थान मोबाइलसहित लिखु गापा ६ थानसिंङबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताएका छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमालिई नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी यसबारे थप अनुशन्धान भईरहेको जनाएको छ ।

0 comment